सुनको मूल्य एकै दिन एक हजार तीन सयले बढ्यो

सुनको मूल्य एकै दिन एक हजार तीन सयले बढ्यो

sun gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds