सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

silver-gold

पोखरा । नेपाली बजारमा आज आइबार पनि सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds