पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गण्डकी प्रदेश समानुपातिक उम्मेदवार सुनीता केसी यतिबेला पार्टीको पक्षमा मत माग्दै जनताको घरदैलोमा छिन् । सहिद क्षेत्रबहादुर केसी पत्नी सुनीता घरदैलोमा गईरहँदा मतदाताहरुले उनको श्रीमानको योगदानको सम्झना अहिलेसम्म पनि गरेका छन् । क्षेत्रबहादुर केसीले पोखरासँगै हालको वडा नम्बर १४ मा पुर्याएको योगदान अतुलनीय भएको मतदाताहरुले बताएका छन् ।
मतदाताको घरदैलोमा पुग्दा मेरा दिवंगत श्रीमानप्रति जनताहरुले देखाएको माया देखेर म आफैँ अचम्मित भएकी छु । सुनीताले भनिन् यस्तो खालको सम्मान राजनीति गर्ने व्यक्तिले मात्र पाउँछन् भन्ने कुरा मैले थाहा पाएँ । श्रीमान् दिवंगत भएको २ दशक पुग्न लाग्दा समेत जनताले उनलाई दिएको सम्मान देखेर आफूलाई राजनीतिमा लाग्न अझै बढि प्रेरणा मिलेको सुनीताले बताईन् । जनताले समस्या बुझ्ने र काम गरेर देखाउने जनप्रतिनिधि खोजेको बताउँदै उनी आफू पनि श्रीमानकै बाँकी सपना पूरा गर्नका लागि राजनीतिमा होमिएको बताईन् ।
मेरो श्रीमानले समाजमा जे काम गर्नुभयो सबै जनताको हितमा गर्नुभयो । त्यसैले त मानिसहरु अहिलेसम्म पनि उहाँलाई बिर्सन सकिरहेका छैनन् । सुनीताले भनिन् म उहाँकै पदचाप पछ्याउँदै राजनीतिमा होमिएकी हुँ । अबको मेरो राजनीतिक जीवन पनि पूर्ण रुपमा समाजकै लागि हुनेछ । केसी परिवारप्रति जनताले गरेको विश्वासलाई आफूले कहिल्यै पनि मर्न नदिने सुनीताले वचन दिईन् ।

स्वर्गीय क्षेत्रबहादुर केसी राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । पोखरा नगर विकास समितिको अध्यक्ष समेत भएर काम गरेका केसी तत्कालिन वडा नम्बर १४ को अध्यक्ष भैसकेका व्यक्ति हुन् । केसीलाई द्वन्दकालमा तत्कालिन माओबादीहरुले गोली हानी हत्या गरेका थिए ।
यतिबेला सुनीता पोखरा र लेखनाथ लगाएका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरिरहेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुपातिक प्रदेश उम्मेदवार बनेकी सुनीताले पार्टीप्रति पनि आफू जिम्मेवार भएर विकास र सम्बृद्धिको काममा लाग्ने प्रतिबद्धता जनाईन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन