पोखरा । नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई मतदाताले एमालेको मात्रै उम्मेदवार नभएर सबैको साझा उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।
निर्वाचन अभियानको क्रममा पोखरा महानगर वडा नम्वर २१ र ३३ मा पुगेका एमाले उम्मेदवार कार्कीलाई आफ्नो क्षेत्रका माटो र भुगोल बुझेर काम गर्न सक्ने मनको सारथि भएको भन्दै पोखरा ३३ का स्थानिय मनोज आचार्यले उक्त क्षेत्रमा एमालेले उल्लेखनीय काम गरेकोले अबको रोजाई पनि एमाले नै रहने बताए ।
‘यो क्षेत्रमा काम र विकास गर्ने पार्टी एमालेकै उर्जाशिल उम्मेदवार मात्रै भएको हुँदा सधैंको मन र मतमा तलमाथि नगर्ने ठाउँ हो ।’ आचार्यले भने –‘हाम्रो क्षेत्रले आफ्नो ठाउँको मात्रै नभएर राष्ट्रको समृद्धिको योजनाकार रविन्द्र अधिकारीलाइ हुर्काएको सम्झना छ । हामीले फेरि यो क्षेत्रमा नेपाली राष्ट्रिय राजनीतिमा प्रभावशाली भुमिका खेल्न सक्ने विकासका अगुवा नेता जन्माउने हुर्काउने र चम्काउने अवसर पाएका छौँ । यो अवसर चुकाउने छैनौं ।’

स्थानिय दिपेन्द्र अधिकारीले सधैं यो क्षेत्रको उन्नति र विकासमा लाग्ने उम्मेदवार पाएको भन्दै हिजो एमालेले गर्यो,अबको पाँच वर्ष पनि स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्ने गरि एमालेका उम्मेदवारहरूलाई नै मन र मत दिन आग्रह गरे ।
सो अवसरमा उम्मेदवार कार्कीले क्षेत्र नम्वर २ को विकासकै लागि उम्मेदवारी दिएको बताउँदै जनमत र विश्वासमाथि कहिल्यै दाग नलाग्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले समृद्ध नेपाल निर्माणको आधार प्रदेश र संघमा एमालेको सरकार भएको हुँदा भ्रममा नपर्न उनले मतदाताहरूलाई अपिल समेत गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ