उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इक्वेडरसंग २-० ले पराजित

उद्घाटन खेलमा आयोजक राष्ट्र कतार इक्वेडरसंग २-० ले पराजित

World-cup

काठमाण्डौ।  विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार २-० ले पराजित बनेको छ। कतारको अल बायत रंगशालामा भएको समूह ‘ए’ को खेलमा कतार इक्वेडरसँग २–० ले पराजित बनेको हो ।

खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गर्दा इक्वेडरले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए । कप्तान भ्यालेन्सिया नै विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने ।

यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेका थिए यद्यपी भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड दिएको थियो ।

कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ