बैतडीमा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत

baitadee jee

बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा पर‍ी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

सबै नेपाली प्रहरीका कर्मचारीहरू रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते पनि जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका- ४ को थूममा जिप दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ