Gandak News
Our News Your Views

विश्वकप २०२२ : अमेरिका र वेल्स बराबरी, नेदरल्यान्ड्स र इङ्ल्यान्डको विजयी सुरुवात

काठमाण्डौ। आइतबारदेखि कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह बीको खेलमा अमेरिका र वेल्सबीचको खेल बराबरीमा टुंगिएको छ । दुवै टिमले एक-एक गोल गरेर अंक बाँडेका छन् ।

अहमद बिन अलि रंगशालामा मंगलबार बिहान भएको खेलमा टिमोथी वेहले ३६ औँ मिनेटमा गोल गरेर अमेरिकालाई सुरुवाती अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा वेल्सका ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै एक-एकको बराबरीमा ल्याएका थिए ।

यस्तै सोमबार राति नै भएको अर्को खेलमा नेदरल्यान्ड्सले सेनेगलमाथि २–० को विजय हासिल गरेको छ । भने समूह ‘बी’को खेलमा इरानविरुद्ध इङ्ल्यान्डले ६-२ को जित निकालेको छ।

लोड हुँदै ...