पहिलो खेलमा नै अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित

पहिलो खेलमा नै अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित

Fifa-World-Cup

काठमाण्डौ। दुई पटकको फिफा विश्वकप च्याम्पियन राष्ट्र अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले पराजित बनेको छ।

कतारको लुसैल रंगशालामा मंगलबार साँझ भएको खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएसँगै अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । अर्जेन्टिना सन् २०१९ यता अपराजित थियो ।

खेलको दशौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो।

खेलको दशौं मिनेटमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए। पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए।

साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गर्‍यो। खेलको ४८ मिनेटमा सलेह अलशेरी र ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ ले जित निकालेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds