गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार जना घाइते

accident

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन्।

सत्यवति गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नं. को जिप गए राति साढे २ बजेतिर दुर्घटना हुँदा जिपका धनीसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सत्यवती–३ का जिप धनी ५१ वर्षीय झलक सोमै, ५५ वर्षीय टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापती, २५ वर्षीय मिलन तरामु र ४३ वर्षीया जमुना सोमै रहेका छन्।

घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ।

जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ