माओवादीको पहिलो जित, सिन्धुली–२ मा दाहाल विजयी

माओवादीको पहिलो जित, सिन्धुली–२ मा दाहाल विजयी

lekhnath

पोखरा । नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट पहिलो जित दर्ता गरेको छ।

प्रतिनिधिसभामा सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्।

दाहाल ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका हुन्। उनले २७ हजार ५१७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत ल्याएका छन्।

यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ