जर्मनीलाई २-१ ले हराउँदै जापानको विजयी सुरूवात

जर्मनीलाई २-१ ले हराउँदै जापानको विजयी सुरूवात

Japan

काठमाण्डौ। पूर्व विश्वविजेता राष्ट्र जर्मनीलाई २-१ ले हराउँदै जापानले विजयी सुरूवात गरेको छ।

फिफा विश्वकप २०२२ अन्तर्गत कतारको खलिफा रंगशालामा बुधबार भएको खेलमा जापानले जर्मनी विरुद्ध २-१ को नतिजा निकालेको हो।

खेलको पहिलो हाफमा जापानमाथि जर्मनीले १-० को अग्रता लिएको थियो । ३१औँ मिनेटमा जापानका सुइची गोन्डाले १८ यार्ड बक्सभित्र डेभिड राउममाथि फाउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसलाई सदुपयोग गर्दै गुन्डोगानले ३३औँ मिनेटमा जर्मनीलाई अग्रता दिलाए थिए।

तर, दोस्रो हाफको ७५ मिनेटमा जापानले बराबरी गोल फर्कायो । जापानका लागि रिस्तु डोआनले बराबरी गोल गरेका थिए।

यस्तै, ८३ मिनेटमा जापानका ताकुमा असानोले अर्को गोल गरेपछि पूर्व विश्वविजेता जर्मनी दबाबमा परेको थियो । थप ७ मिनेटमा जर्मनीले केही अवसर पाएपनि त्यसलाई सदुपयोग भने गर्न सकेन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds