आज देशभरको मौसम कस्तो रहन्छ?

आज देशभरको मौसम कस्तो रहन्छ?

badali_mausam_ktm

पोखरा । देशका केही स्थानको मौसम आज बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरुमा हुस्सु लागेको तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

बिहीबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती देशभर मौसम सामान्यतया सफा रहनेछ।

तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ