रौतहटमा आगलागी : एकै घरका ३ बालबालिकाको मृत्यु

रौतहटमा आगलागी : एकै घरका ३ बालबालिकाको मृत्यु

aagalagi

रौतहट । रौतहट सदरमुकाम गौरमा गएराति भएको आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

गौर नगरपालिका–१ माईस्थान चोकस्थित इस्लाम कपडा–डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरी छन्।

आगलागीमा परेर तीन जना घाइते भएका छन् ।

इस्लामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको बताइएको छ। घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।

आगलागी हुँदा इस्लामको घरमा परिवारका १६ सदस्य सुतिरहेका थिए। अचानक आगलगी भएपछि बालबालिकालाई जोगाउन नसकेको पीडितको भनाइ छ।

आगलागीको घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनामा करिब ४० लाखको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ