पर्वत । पर्वतमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारलाई २२ सय ६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभातर्फ एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पधी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत ल्याए ।
७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गिरीले जोशीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका थिए ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजापुन तेस्रो स्थानमा छन् । उनले ४ हजार ८९ मत ल्याए ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यको सिट रहेको पर्वतमा दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश सभा १ मा एमालेका भक्त कुँवर माओवादी केन्द्रका सुदिप कुँवरलाई पराजित गर्दै विजयी भएका छन् भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गर्दै एमालेका मित्रलाल बस्याल विजयी भएका छन्।
पर्वतमा ६६ हजार २ सय २३ मत खसेको थियो।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’