पर्वतबाट प्रतिनिधि सभामा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधि सभामा एमालेका पदम गिरी निर्वाचित

padam giri-parbat-uml

पर्वत । पर्वतमा नेकपा एमालेका पदम गिरी निर्वाचित भएका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारलाई २२ सय ६३ मतान्तरले पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभातर्फ एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पधी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत ल्याए ।

७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गिरीले जोशीलाई करिब १३ हजार मतान्तरले पराजित गरेका थिए ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पाइजापुन तेस्रो स्थानमा छन् । उनले ४ हजार ८९ मत ल्याए ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यको सिट रहेको पर्वतमा दुवै प्रदेश सभामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश सभा १ मा एमालेका भक्त कुँवर माओवादी केन्द्रका सुदिप कुँवरलाई पराजित गर्दै विजयी भएका छन् भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गर्दै एमालेका मित्रलाल बस्याल विजयी भएका छन्।

पर्वतमा ६६ हजार २ सय २३ मत खसेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ