रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

रौतहट–१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

Madhav Nepal Kumar

रौतहट । रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपाल निर्वाचित भएका छन् ।

नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

नेपाल ०७४ मा काठमाडौं–२ बाट निर्वाचित भएका थिए । तर एमाले विभाजित भएपछि एकीकृत समाजवादीको अध्यक्ष बनेका नेपाल यसपटक कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds