काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममानै आलोचना गरेका छन् । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् ।
उनले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकीर गर्दै चिन्ता समेत व्यक्त गरे । पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिड्म पार्टीको नाम र झण्डा फोटोकपीको रुपमा आएको उल्लेख गर्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताए ।
ओलीले अर्काको नक्कल गर्ने, अरुको इतिहास पढने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताए ।
उनले भने, ‘हामीले आफैलाई बिसियौं । आफूप्रति गर्व गर्न छाड्यौं । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो । संयोग नै भन्नुपर्ला–अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिड्म पार्टी अफ अमेरिका । त्यसको चुनाव चिन्ह पनि घण्टी छ । संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । संयोग नै होला ।’
उनले थपे, ‘तर, अस्तीसम्म स्याप्पै थियो त्यो बेलुन । तर हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्नु खोजेको हुँ ।’
ओलीले लामिछाने नेतृत्वको सो पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रुपमा समेत चित्रण गरेका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य