विश्व कप फुटबल : दाबेदार राष्ट्र पोर्चुगल र ब्राजिल पराजित,दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश

विश्व कप फुटबल : दाबेदार राष्ट्र पोर्चुगल र ब्राजिल पराजित,दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश

GettyImages-1446296369_1_MnZDXcGswO

काठमाण्डाै । समूह ‘एच’ अन्तर्गतकाे खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।

यस्तै, शुक्रबार नै लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग १-० गोलले पराजित भएकाे छ। पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।

यस्तै, उरुग्वेले घानालाई २–० गोलले पराजित गरेकाे छ । पराजित घाना समूह चरणबाट बाहिरिएकाे छ । भने, गएराति भएकाे अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएकाे छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेकाे स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेकाे छ । जितसँगै स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ