अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा

अर्जेन्टिना र नेदरल्यान्ड्स विश्व कप फुटबलको क्वाटरफाइनलमा

Messi

काठमाडौं । अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति कतारको अहमेद अलि बिन रंगशालामा कप्तान लियोनल मेसीको ३५ औँ मिनेटको गोलबाट अग्रता लिएको अर्जेन्टिनाले अस्ट्रेलियाका गोलकिपरको गम्भीर गल्तीको फाइदा उठाउँदै ५७ औँ मिनेटमा थप १ गोल गर्दै दोब्बर बनाएका थिए। उक्त गोल जुलियन आल्भारेजले गरेका थिए।

खेलको ७७ औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजबाट आत्मघाती गोल भएपछि अष्ट्रेलिया २-१ को अवस्थामा फर्किएको थियो। अस्ट्रेलियाका क्रेग गुडविनले गरेको प्रहार फर्नान्डेजबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

यस्तै, अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स पनि अन्तिम आठमा पुगेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सले ३-१ को जित निकालेको हो । नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक–एक गोल गरे। भने, अमेरिकाका हाजी राइटले १ गोल गर्न सफल भए।

अब क्वाटरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ