पोल्याण्डलाई ३-१ ले पराजित गर्दै फ्रान्स क्वाटर फाइनलमा प्रवेश

पोल्याण्डलाई ३-१ ले पराजित गर्दै फ्रान्स क्वाटर फाइनलमा प्रवेश

France

काठमाण्डौ। साविक बिजेता फ्रान्स पोल्यान्डलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आइतबार कतारको अल थुमामा रंगशालामा भएको खेलमा पोल्याण्ड विरुद्ध फ्रान्सले ३-१ को नतीजा निकालेको हो।

पहिलो हाफको ४४ औं मिनेटमा ओलिभर गिरोडको गोलमा १-० को अग्रता लिएको फ्रान्सका लागि थप २ गोल ७४ औं र ९१ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका हुन् ।

अतिरिक्त समयमा ह्याण्ड बल मार्फत पेनाल्टी पाएको पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की जवाफी एक गोल गरेका हुन्।
आजको जीतसँगै फ्रान्स विश्व कप फुटबल २०२२ को क्वाटर फाइनलमा (अन्तिम ८) प्रवेश गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ