दक्षिण कोरिया विरुद्ध ब्राजिलको शानदार जीत, क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

दक्षिण कोरिया विरुद्ध ब्राजिलको शानदार जीत, क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

Neymar-Brazil-World-Cup-1024×609

काठमाण्डौ। विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा ब्राजिलले दक्षिण कोरिया विरुद्ध फराकिलो गोल अन्तरको जीत निकालेको छ। कतारको दोहास्थित ९७४ रंगशालामा भएको खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध ४-१ को जीत निकालेको हो ।

शुरुवातबाटै आक्रामक रुपमा उत्रिएको ब्राजिलले खेलको पहिलो हाफमा नै ४-० को अग्रता लियो। खेलको सातौँ, १३ औं,२९ औं र ३६ औं मिनेटमा ब्राजिलका लागि क्रमसः भिनीसियस जुनिअर, नेयमार, रिचार्लीसन र लुकास पाक्वेटाले गोल गरे ।

यस्तै, खेलको दोस्रो हाफमा निकै लयमा देखिएको दक्षिण कोरियाले खेलको ७६ औं मिनेटमा ‘पाइक शुङ हो’ को प्रहारमा शानदार गोल फर्काउन सफल बन्यो। यद्यपी कोरियाले केही राम्रा अवसरको सृजना गरेपनि थप गोलमा परिणत गर्न भने सकेन।

जीतसँगै ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्ने भएको छ । सोमबार सम्पन्न अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै क्रोएसिया अन्तिम आठमा पुगेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ