आयोजना प्रभावित स्थानीयका लागि सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

आयोजना प्रभावित स्थानीयका लागि सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन

Ipo

कास्की।  सुपर मादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका आवेदन दिन सक्नेछन् ।

जसमा कास्की जिल्लाको मादी गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, कास्की जिल्लाको मादी गाउँपालिका–३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका–२६, २७ र २८ का स्थानीय बासिन्दाले ७ लाख ३५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यस्तै, २ लाख १० हजार कित्ताका लागि श्रम स्वीकृति लिएर विदेशमा बसी रोजगार गरिरहेका नेपालीले आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित स्थानियले पुस ५ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेकाले भने पुस ५ गतेसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ