काठमाण्डौ । स्पेनलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मोरक्को विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । जसमा मोरक्कोले स्पेनलाई ३ – ० ले हरायो । पेनाल्टी शुट आउटमा स्पेनको तर्फबाट कुनै पनि खेलाडीले गोल गर्न सकेनन् ।
जीतसँगै अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलको सामना गर्नेछ।