काठमाण्डौ । स्विजरल्याण्डलाई ६-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै विश्वकपको दाबेदार राष्ट्र पोर्चुगल क्वाटर फाइनलमा प्रवेश गरेको छ।
कतारको लुसेल रंगशालामा मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो। पोर्चुगलको जितमा फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो ।
रामोसले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । पोर्चुगलका लागि राफाएल गुरेरो, राफाएल लिआअो र पेपेले १-१ गोल थपे । भने, ५६ अौं मिनेटमा स्विट्जरल्यान्डका म्यानुएल अकान्जीले लागि गोल फर्काए ।
योसँगै, पोर्चुगलले अब क्वाटरफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा ३-० ले पराजित गरेको थियो ।