कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धानुकलाई बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा हात्तीले आक्रमण गरेको थियो।