‘द एक्स’ ले अमेरिका टुर गर्दै, सान फ्रान्सिस्कोमा पहिलाे शो

‘द एक्स’ ले अमेरिका टुर गर्दै, सान फ्रान्सिस्कोमा पहिलाे शो

द एक्स

आशिष पुरी, पाेखरा । नेपालको प्रख्यात रक ब्यान्ड ‘द एक्स’ ले आफ्नो स्थापनाको ३० औँ वार्षिकाेत्सवको अवसर पारेर अमेरिका टुर गर्न लागेको छ। यस टुर अन्तर्गत पहिलो कन्सर्ट सान फ्रान्सिस्को सहरको ‘रकपुल्को’ क्लबमा हुने तय भएकाे छ । बिन्दास टोली – वी द हेल्पिङ ह्यान्ड्सको आयोजनामा क्रिसमसको अवसरमा डिसेम्बर २३ तारिख, शुक्रबार लाइभ कन्सर्ट हुन लागेको हो।

एक्स व्याण्ड सन् १९९२ मा स्थापना गरिएको व्याण्ड हो । यसका धेरै गीतहरुलाई नेपाली संगीत पारखीहरुले मन पराएका छन् । व्याण्डमा शिव मुखियासहित सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । “एउटा चिठिको सहाराले”, “लुक्न देउ”, “चिया बारिमा”, “ठाडो जाने उकालो”, “म आउँदै छु”, जस्ता हिट नम्बर दिएको “दि एक्स ब्यान्ड” को लाइभ कन्सर्टको तयारी भइरहेको र आयोजक पक्षले सेक्युरिटी सुरक्षामा विशेष ध्यान दिएको कार्यक्रम संयोजक विशाल कार्कीले जानकारी दिए।

यस लाइभ कन्सर्टमा सान फ्रान्सिस्को बे एरियाकै लोकल नेपाली ब्यान्ड “प्रोजेक्ट टी” र “सात पञ्चा नब्बे” को ओपनिङ प्रस्तुति रहने छ भने होस्टमा अनुपमा पुरी र डीजे एस बाबुको सांगितिक मनोरन्जन समेत हुनेछ।

“दि एक्स” ब्यान्डलाई प्रत्यक्ष सुन्न विभिन्न चरणको टिकट राखिएको छ। टिकट बिक्रिबाट कार्यक्रममा बचेको रकमको केहि प्रतिशत नाफा विन्दास टोलीको आफ्नो “स्टडी बडि” प्रोजेक्ट अन्तर्गत नेपालको विकट क्षेत्रमा रहेका विपन्न परिवारका बालबालिकाको शिक्षामा प्रयोग गरिने विन्दास टोलीकी कोर मेम्बर सुनिता धितालले बताइन् ।

अनलाइन टिकट खरिद गर्न यो लिन्क प्रयोग गर्नुहोस् – https://thingsnepali.com/axe-band

विन्दास टोली सान फ्रान्सिस्को बे एरियामा रहेका नेपाली युवाको जमात हो। यस टोलीले सन् २०१५ देखि बे एरियामा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ । ती कार्यक्रमहरुबाट बचेको रकमको अंश नेपालमा विपत व्यवस्थापन, महामारीको समयमा आर्थिक सहयोग, मास्क वितरण, शिक्षा क्षेत्रमा सहयोग जस्ता कार्यहरु गर्दै आएको छ। टोलीका कोर मेम्बर सुदिप थापा, विशाल कार्की, राजु भट्टराई, सुजन गैरे, र सुनिता धिताल मिलेर “दि एक्स”को लाइभ कन्सर्टलाई भव्य बनाउन लागिपरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds