ब्राजिललाई टाइब्रेकरमा स्तब्ध पार्दै क्रोएसिया विश्वकपकाे सेमिफाइनलमा

ब्राजिललाई टाइब्रेकरमा स्तब्ध पार्दै क्रोएसिया विश्वकपकाे सेमिफाइनलमा

pictures_ucQPllKH1u

काठमाण्डौ। साविक उपविजेता क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी रंगशालामा भएको खेलमा ५ पटकको विश्वबिजेता ब्राजिललाई पेनाल्टी शुटआउटमा ४-२ गोलले स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । अत्यन्त प्रतिस्पर्धात्मक रहेको आजको खेलमा क्रोएसियाले रक्षात्मक खेल खेलेको थियो।

निर्धारित ९० मिनेट र इन्जुरी समयमा क्रोएसिया र ब्राजिल गोलरहित बराबरीमा रोकिएपछि थपिएको अतिरिक्त समयमा ब्राजिलियन स्टार नेइमारले उत्कृष्ट गोल गरेका थिए। तर, क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुन: बराबरीमा ल्याएका थिए ।

खेल १–१ काे बराबरीमा टुंगिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । ब्राजिलकाे पहिलाे प्रहार नै विपक्षी रक्षकले राेकिदिए । अब क्रोएसियाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds