पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना हुँदै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको छैटौं शृङ्खला सम्पन्न गरेको छ।
‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक, प्रतिभा टोल, कान्तिपुर मार्ग, नागबेली मार्ग, बनक्याम्पस गेट हुँदै हरियो खर्क गेट अगाडी पुगेर सम्पन्न गरेको हो।
सरसफाइ कार्यक्रममा टोलवासी, आमा समूह, युवा क्लब, नागरिक समाज लगायत राजनीतिक दलको पनि सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको ५ वर्षे रणनीति योजना अनुसार पूर्वाधारको विकास गरेर मात्र मानवीय विकास नहुने भन्दै यसका लागि महिला उद्यमशीलता, युवा स्वरोजगार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि र पर्यटनसँग जोड्नु पर्ने र यी कामहरू सम्पन्न भए मात्र अबको मानवीय विकासमा अगाडी बढ्न सकिने बताए।

उनले बाटोघाटो र पुल पुलेसा मात्र चिल्लो बनाएर नहुने भन्दै आफ्नो घर अगाडी र टोल सफा राख्न सके मात्र हामी स्वच्छ र स्वस्थ्य हुन सकिने भन्दै परिवारमा एक जना सदस्य मात्र बिरामी भए सिङ्गो परिवार मानसिक तनावमा हुने र केही गर्न नसक्ने हुँदा परिवार राम्रो हुनका लागि आफ्नो टोल सफा राख्नुपर्छ र व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

बानियाँले सरसफाइ अभियानका लागि मात्र वडाले यस वर्ष १७-१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल-टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन गरिने बताए।


सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?