दाबेदार राष्ट्र पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

दाबेदार राष्ट्र पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा

moracco

DOHA, QATAR – DECEMBER 10: Youssef En-Nesyri of Morocco celebrates after scoring the team’s first goal during the FIFA World Cup Qatar 2022 quarter final match between Morocco and Portugal at Al Thumama Stadium on December 10, 2022 in Doha, Qatar. (Photo by Justin Setterfield/Getty Images)

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज भएको मोरक्को र पोर्चुगलबीचको क्वार्टरफाइनल खेलमा मोरक्को १-० ले बिजयी भएको छ।

पहिलो हाफको ४२ औं मिनेटमा मोरक्कोका युसुफ एन नेसरीले हेडरमार्फत गोल गरेका हुन्।

अत्यन्त रोमाञ्चक बनेको आजको खेलमा पोर्चुगलले कयौं प्रयास गरेपनि गोलमा परिणत गर्न सकेन। भने, मोरक्को दुई पटकसम्म वान भर्सेस वान हुँदा पनि गोल गर्न असफल बन्यो।

मोरक्को खेलको उत्तरार्धमा १० खेलाडीमा सिमित बनेको थियो। जितसँगै मोरक्कोले सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds