पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालयले नवौं खेलकुद प्रतियोगितामा पदक ल्याउने खेलाडीलाई नगद सहित सम्मान गरेको छ । पोखरा महानगरपालिका ९ मा स्थायी रुपमा बसोबास गरेका तथा पोखरा ९ बाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई सोमबार एक समारोहका बिच नगद सहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरुमा ४५ के.जी. तौल समुहको फुल कन्ट्याक कराँते महिला तर्फ स्वर्ण पदक विजेता पुक्ष्पा कुंवर, सोहशी इभेण्टको ५० के.जी. तौल समुह पुरुष तर्फको स्वर्ण पदक विजेता अनिश बुढा मगर, स्क्वास एकल तथा टिम इभेण्टमा स्वर्ण पदक विजेता दीपक थापा, स्क्वासमा स्वर्ण पदक विजेता हिराकाजी श्रेष्ठ र बक्सिङ तर्फ स्वर्ण पदक विजेता दीपक सुनार रहेका छन्। त्यसै गरी स्वर्ण पदक दिलाउन अहोरात्र खटिएकी बक्सिङ प्रशिक्षक प्रियन्का बर्मा सम्मानित भएकी छन्।
त्यस्तै फुल कन्ट्याक कराँते खुल्ला तर्फ रजत पदक विजेता रुपक नेपाली, सोही इभेण्टको पुरुष ६५ के.जी. तौल समुहमा रजत पदक विजेता शिव भुजेल, उसु ७० के.जी. तौल समुहमा रजत पदक विजेता अनिश आले मगर, टेबल टेनिस मिक्स डबलमा कास्य पदक विजेता मुना थापा, फुटवल तर्फको कास्य पदक विजेता खेलाडीहरु मानबहादुर तामाङ र बिजय श्रेष्ठ सम्मानित भएका हुन्। टेबुल टेनिस प्रशिक्षक उत्तम जोशी र पोखरा ९ का व्यबस्थापक अमन केसीलाई सम्मान गरिएको थियो । स्वर्ण पदक विजेतालाई नगद १० हजार, रजत पदक विजेतालाई ५ हजार र कास्य पदक विजेतालाई भने ३ हजार साथमा प्रशंसा पत्र प्रदान गरिएको हो ।
खेलाडीहरुको हौसला र प्रोत्साहनको लागि पोखरा ९ ले खेलाडी सम्मान गरेको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । आफ्नो परिवार खेलकुदसंग आबद्ध भएको हुनाले पनि आफुले खेलाडीहरुको सम्मान गर्ने एउटा सानो अभियान मात्र सुरु गरेको अध्यक्ष मर्सानीले बताए । उनले भने “पोखरा ९ बाट खेल्ने खेलाडीहरुलाई हामीले अब कुनै पनि खेलकुदमा लाग्दा अभाव नहुने गरी कुनै प्रकारको सहयोग गर्न तयार छौं, तपाईहरुले आफ्नो वडा देखि जिल्ला, क्षेत्र हुदै राष्ट्रको नाम उचो हुने गरी खेल्नुहोस तपाईहरुको आवश्यकता हामी पुरा गर्न प्रयत्न गर्ने छौं ।”
खेलाडी एवं प्रशिक्षक तथा व्यबस्थापकलाई वडा अध्यक्ष मर्सानीको साथमा वडा सदस्य भावना श्रेष्ठ, गिता ताम्र्राकार पोखरा ९ का खेल संयोजक राजेन्द्र पहारी, पोखरा ९ का वडा सचिव कुलराज पौडेल लगायतले सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै खेलाडी मुना थापा र प्रशिक्षक बर्माले यस्तो कार्यक्रमले आफुहरु निकै हौसला मिलेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन जोड दिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो