क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

Arjentia

LUSAIL CITY, QATAR – DECEMBER 13: Lionel Messi of Argentina celebrates with the fans after the team’s victory during the FIFA World Cup Qatar 2022 semi final match between Argentina and Croatia at Lusail Stadium on December 13, 2022 in Lusail City, Qatar. (Photo by Shaun Botterill – FIFA/FIFA via Getty Images)

काठमाडौं । अर्जेन्टिना साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै कतारमा जारी फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

कतारको लुसैल रंगशालामा भएको खेलको ३४ औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो । कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई १-० ले अघि बढाए । पेनाल्टी क्षेत्रभित्र जुलियन अल्भारेजलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस्तै, ३९ औं मिनेटमा आल्भारेजले अर्जेन्टिनाको लागि अग्रता दोब्बर पारे। आफ्नो पेनाल्टी क्षेत्रबाट एक्लै बल अघि बढाउदै क्रोएसियाका पाँच रक्षकलाई कटाउदै उनले उत्कृष्ट ‘सोलो’ गोल गरे।

पहिलो हाफमा नै २-० को अग्रता लिएको अर्जेन्टिनाका लागि खेलेको ६९ औं मिनेटमा लियोनल मेस्सीले बक्सभित्रबाट निकालेको बललाई आल्भारेजले टच गर्दै जाली चुमाउन सफल बने।

जितसँगै अर्जेन्टिना फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । अर्जेन्टिनाले अब बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds