साविक विजेता फ्रान्स कतारमा जारी विश्वकपको फाइनलमा

साविक विजेता फ्रान्स कतारमा जारी विश्वकपको फाइनलमा

france

AL KHOR, QATAR – DECEMBER 14: France fans show their support prior to the FIFA World Cup Qatar 2022 semi final match between France and Morocco at Al Bayt Stadium on December 14, 2022 in Al Khor, Qatar. (Photo by Lars Baron/Getty Images)

काठमाण्डौ। साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा पुगेको छ। बुधबारराति कतारको अल बायत रंगशालामा मोरक्कोविरुद्ध २-० को नतिजा निकाल्दै फ्रान्सले फाइनलका लागि यात्रा तय गरेको हो।

पहिलो हाफको ५ औं मिनेटमै हर्नान्डेजको गोलमा अग्रता लिएको फ्रान्सले ७९ औं मिनेटमा रान्डल कोलो मुआनीको गोलमा २-० को अग्रता बनाएको हो।

मुआनी मैदान प्रवेश गरेको १ मिनटमै गोल गर्न सफल भएका थिए।

दोस्रो हाफमा केही दबाबमा राखेको मोरक्कोले केही सुवर्ण अवसर पाएपनि गोलमा परिणत गर्न सकेन। आजको जितसँगै फ्रान्सले फाइनलमा चीर परिचित अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds