बागलुङ । श्रीमेहर गण घोडाबाँधेले काठेखोला गाउँपालिका वडा नं को त्रिपुरेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मन्दिर परिसरमा आयोजित ७ दिने बिहुँकोट धार्मिक महोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाको श्रीमेहर गण बागलुङका गणपति देवभक्त माडी श्रेष्ठले जानकारी दिए। बागलुङ सँगै छिमेकी जिल्लाबाट महोत्सव अवलोकन गर्न आएका श्रद्वालु भक्तजनहरुलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको श्रेष्ठले बताए।
शिविर मार्फत भौगोलिक विकटता अनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्येश्यले निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको थियो ।
शिविरमा सामान्य प्रकृतिका २ सय ५८ जना पुरुष, ३ सय ५३ जना महिला, ९८ जना बालबालिका अन्य जटिल प्रकृतिका रोगका विरामीहरु गरी ७ सय ९ जना विरामीहरु लाभान्वित भएको बताइएको छ । केहि गम्भीर प्रकृतिका विरामीहरुलाई भने थप उपचारको लागि रिफर समेत गरिएको थियो। महोत्सव स्थलमा श्रीमेहर गणद्धारा हेलिप्याड निर्माण लगायत अन्य व्यवस्थापकीय कार्यमा सहजीकरण गरिएको थियो ।
श्रीमेहर गणद्धारा आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा डाक्टर अधिकृत सहितको श्री नम्वर २३ फिल्ड एम्वुलेन्स गुल्म, काठेखोला गाउँपालिका स्वास्थ्य शाखा, बागलुङ नगरपालिकाले समन्वय र सहकार्य गरेको थियो ।
नेपाली सेनाको यस प्रकारको कार्यले आम नागरिक माझ नेपाली सेनाप्रति सकारात्मक सन्देश प्रवाह भई समग्रमा नागरिक र सैनिक बिचको सम्बन्ध थप प्रगाढ बनाउन टेवा पुग्ने विश्वास लिइएको छ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो