विश्व कप फुटबल : मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसिया तेस्रो

विश्व कप फुटबल : मोरक्कोलाई २-१ ले हराउँदै क्रोएसिया तेस्रो

Croatia

DOHA, QATAR – DECEMBER 17: Luka Modric of Croatia celebrates with their FIFA World Cup Qatar 2022 third placed medal after the team’s victory during the FIFA World Cup Qatar 2022 3rd Place match between Croatia and Morocco at Khalifa International Stadium on December 17, 2022 in Doha, Qatar. (Photo by Shaun Botterill – FIFA/FIFA via Getty Images)

काठमाण्डौ। मोरोक्कोलाई २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ ।

शनिबार कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, खेलको नवौँ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गरी १-१ को बराबरीमा ल्याए ।

खेलको ४२ औँ मिनेटमा क्रोएसियाका सोरिसिचले गोल गर्दै २-१ को अग्रतामा ल्याए। जुन गोल नै क्रोएसियालाई कतार विश्वकपको तेस्रो स्थानमा पुर्याउन निर्णायक बन्यो।

आइतबार विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दैछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds