पोखरा । गण्डकी साहित्य संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् ।
संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन्। ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।
नव निर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्य समिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिक कर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाएका छन् ।
संगमका अध्यक्ष डा.कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढकाल, वाम बुद्धिजीवीहरू झलक पाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्जेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति गठनका लागि सर्व सम्मत रूपमा पहल गरेको थियो ।
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारण सभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन