पाेखरा । नेपाल भ्रमणमा रहेको स्पेनिस फुटबल क्लब कासेरेन्यो सीपीले गण्डकी–११ विरूद्ध ३–० गाेलका साथ सहज जीत हात पारेकाे छ ।
बुधबार पोखरा रंगशालामा सम्पन्न खेलमा कासेरेन्योलाई जित दिलाउँन कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले गोल गरे ।खेलको २३ औँ मिनेटमा कार्मेलो मोराले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाए । २९ औँ मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै पाहुना टिमको अग्रता दोब्बर पारे । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा बर्मुले कासेरेन्योको अग्रता ३–० मा पुर्याए ।
गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
खेल पश्चात संचारकर्मीसँग कुरा गर्दै स्पेन कान्थरेन्यो क्लबका म्यानेजर फुलियो कोवसले आजको खेल हार जीतको खेल नभएपनि दुई देश बीच सम्बन्ध अझ प्रगाढ बनाउनका लागि खेलिएको बताए। आजको खेलमा उनले नेपाली खेलाडीहरु छोटो पासमा छिटो छरितो देखिएपनि लामो पास र स्काई बलिङ्गमा कमजोर देखिएको बताए।
‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा भइरहेको दुई मैत्रीपूर्ण फुटबलको दोस्रो खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा बिहीबार हुने खेलमा कासेरेन्योले काठमाडौं–११ सँग खेल्नेछ । खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो ।
कासेरेन्योविरुद्ध विराज महर्जनले काठमाडौंको कप्तानी सम्हाल्नेछन् । यस्तै, मेघराज केसीले काठमाडौंको प्रशिक्षण जिम्मेवारी पाएका छन् ।कासेरेन्योमा स्पेनिस राष्ट्रिय टिमका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास पनि छन् ।
कासेरेन्योसँगको खेल लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघसँगको सहकार्यमा आयोजना भएको हो ।
नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि कासेरेन्योको ५० सदस्यीय टोली मंगलबार आइपुगेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला