पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान कास्कीका अध्यक्ष यामबहादु रोकाले बताए । उनले कास्की जिल्लाबाट ८ टिम छनौट हुने जानकारी दिए ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए ।
कास्की बाहेक गण्डकीका अन्य जिल्लाको छनौट पनि पुस महिनामा सक्ने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो । गत वर्ष पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान हासिल गर्ने सफल भएको थियो । प्रतियोगिताले नयाँ खेलाडीले प्रतिभा देखाउन पाउने प्रतियोगिता संयोजक सन्तोष पराजुलीले बताए ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु