झापामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

elephant

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिकामा हात्तीको आक्रमणबाट ६१ वर्षीया कृष्णमाया भण्डरीको मृत्यु भएको हो । उनका श्रीमान ७१ वर्षीय शान्तिराम भण्डारी घाइते भएका छन् ।

घाइते भण्डारीको दमकमा उपचार भइरहेको छ ।

आइतबार बिहान साढे २ बजेतिर चार वटाको संख्यामा आएको जंगली हात्तीको समूह शिवसताक्षी ११ स्थित बस्ती पसेको थियो । हात्तीले भण्डारी दम्पतीको घर भत्काएका थियो ।

सुतिरहेका भण्डारी दम्पतीलाई हात्तीले घर भत्काएर आक्रमण गर्दा कृष्णमाया गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds