काठमाडौं । काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई हराएको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ६ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका सरफुदिन असरफ ३७ तथा कप्तान ट्राभोन ग्रिफिथले १७ रन बनाए । पोखराका कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमा समेटियो ।
पोखराका सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले समान १६ रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । जनकपुरका सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २ विकेट लिए ।
९ खेलमा १२ अङ्कसहित जनकपुर तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा ६ अङ्कसहित पोखरा पाँचौँ स्थानमा छ ।
आज नै हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्कका साथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो