पोखरा । लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपालमा उपयुक्त वातावरण भएको खण्डमा नेपालका फुटवल खेलाडी स्पेन र विश्व चर्चीत फुटवल खेलाडीहरुलाई नेपाल ल्याउन पहल गर्ने बताएका छन्। फाउण्डेशनको आयोजनामा हालै पोखरा र काठमाण्डौंमा हालै सम्पन्न भएको मैत्रिपुर्ण फुटवल खेलको बिहीबार पोखरामा आयोजित समिक्षा सहित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उपाध्यक्ष सुवेदीले नेपालको फुटवल खेलको विकासको लागि आफुहरुले नेपालका खेलाडी स्पेन र स्पेनबाट विश्वकै चर्चीत खेलाडी नेपाल ल्याउने उपयुक्त वातावरण भए त्यसमा आफुहरुले पहल गर्ने बताएका हुन्।
शान्ती र पर्यटनका लागि फुटबल भन्ने नाराका साथ नेपालमा ऐतिहासिक मैत्रिपुर्ण फुटवल खेल भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था एवं व्यक्तिहरुलाई फाउण्डेशनले धन्यवाद दिएको छ । आफुहरुले विश्वमा फुटवल खेलको माध्यमबाट शान्ति र पर्यटन प्रबद्र्धन गर्न खोजेको यो अभियानमा हाल १६ देशसंग सम्झौता भएको दाबी गर्दै उपाध्यक्ष सुवेदीले अब आफ्नो अभियानमा विश्वका धेरै देशहरु जोडिने दाबी गरे । स्पेनको बि डिभिजनको उत्कृष्ट मध्यको एक काथेरेन्यो फुटवल क्लव नेपालमा ल्याएर नेपाली मैदानमा खेलाउदा आफुहरुले अपेक्षा गरे अनुसार केही क्षेत्रबाट सहयोग नपाएको गुनासो गर्दै उनले नेपाली फुटवल विकास गर्ने अभियानमा अब सबै एक हुन आग्रह गरे । नेपाली फुटवलको विकास सहित नेपाली जनताको हितमा हुने अन्य सामाजिक कार्यक्रम तथा योजना ल्याउने आफुहरुको भावी योजना भएको उपाध्यक्ष सुवेदीले बताए । आफुहरु संसारको जहाँ भए पनि नेपाली माटो र नेपाललाई भने भुल्न नसक्ने उनको भनाई थियो ।
भगवान गौतम बुद्ध र विश्वको शिखर सगरमाथाको नाम विश्व सामु पहिचान गाउन पनि स्पेनमा आफुहरुले लुम्बिनी पार्क निर्माण गर्ने अभियानमा रहेको महासचिव एकराज गिरीले बताए । काठमाण्डौं ११ का टिम प्रशिक्षक मेघराज केसीले स्पेन जस्तो देशका विश्व कपमा खेलेका र यूरोकप खेलेका खेलाडी नेपाल आएर नेपाली फुटवल खेलाडीहरुसंग खेल्न पाउनु निकै ठुलो खुसिको कुरा भएको बताए । गण्डकी ११ का कप्तान राष्ट्रिय फुटवल टिमका पुर्व कप्तान समेत रहेका अनिल गुरुङले स्पेन र नेपालको फुटवल खेलको स्तर धेरै भिन्नता भए पनि यस्ता कार्यक्रम निरन्त हुन सके नेपाली फुटवलको विकास हुने बताए ।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले नेपाली खेलकुदको विकास गर्ने संस्थाहरुलाई मञ्चले सधा सहयोग गर्ने बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले फाउण्डेशनलाई आग्रह गरे । कास्की जिल्ला फुटवल संघका अध्यक्ष उज्जल रन्जितले नेपाली फुटवल विकासमा फाउण्डेशनले गरेको प्रयास प्रशंसनीय भएको बताए ।
कार्यक्रममा काठमाण्डौं ११ का खेलाडी, गण्डकी ११ का खेलाडी तथा फाउण्डेशनका पदाधिकारी, पूर्व खेलाडी शुन्दर थापा, मंचका उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शसिकुमार पौडेल लगायतको सहभागिता रहेको थियो ।
यसैबिच पुष १३ गते पोखरा रंगशालामा गण्डकी ११ र स्पेनको काथेरेन्यो क्लव बिच भएको मैत्रिपुर्ण फुटवल खेलमा ३–० को जित हासिल गरेको काथेरेन्योले काठमाण्डौं ११ माथि पुष १४ गते भएको खेलमा २–१ को जित हासिल गरेको हो । उक्त टिमले हालै स्पेनको रियल म्याड्रिडसंग किङस् कपमा १–० ले पराजित भएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो