नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते

नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते

accidentt durghatana

नवलपरासी । पश्चिम नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालकसहित ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बसमा ६० जना सवार थिए ।

घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

उनीेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट १० मिटर तल खसेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ