आज देशभरको मौसम कस्तो रहन्छ?

आज देशभरको मौसम कस्तो रहन्छ?

mausam

पोखरा । देशका केही स्थानको मौसम आज आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार दिउँसो प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ