गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले पोखरा म्याराथनमा सहभागिता जनाउने भएका छन् ।
आगमी फागुन ६ गते शनिबार पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा उनले सहभागिता जनाउने भएका हुन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ ।
सो बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कलाकार नेपाल सेलिव्रेटीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने बताएका छन् । उनले भने–“कलकार नेपाल म्याराथनमा धावकहरुको जोश भर्न मात्रै नभई उपस्थित सबेलाई आफ्नो कलाको माध्यमबाट समेत मनोरञ्जन दिने कार्यक्रम छ ।”
स्टाण्ड अप कमेडियनको रुपमा रहेका नेपालले जिरे खुर्सानी, ट्वाक्क–टुक्क लगायतका हास्य टेली श्रृखला लगायत चलचित्र छक्का पञ्जा लगायत दर्जनौ चलचित्रमा भूमिका निभाएका छन् । उनको मुन्देको कमेडी क्लव समेत उत्तिकै चर्चित छ ।
सम्बन्धित खबर
पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
प्रथम गल्याङ कपको उपाधिका लागि पर्वत र स्याङ्जा फाइनल भिड्ने
प्रथम गल्याङ कप पुरुष भलिबल सुरु
यूनाइटेड क्लबद्वारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामाग्री वितरण
प्रथम गल्याङ कप पुरुष भलिबल हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग