छ महिनामा ७ खर्ब ११ अर्बको व्यापार घाटा

छ महिनामा ७ खर्ब ११ अर्बको व्यापार घाटा

business

काठमाण्डौ। चालू आर्थिक वर्षको ६ महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात ३२ प्रतिशतले घट्दा आयात २० प्रतिशतले घटेको देखिएको हो ।

भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

त्यस्तै, आयात पनि २० दशमलव ६८ प्रतिशतले घटेको छ । ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।

भन्सार विभागका अनुसार ६ महिनामा नेपालको व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक वर्षका ६ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार २१.८१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ