काठमाण्डौ। चालू आर्थिक वर्षको ६ महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात ३२ प्रतिशतले घट्दा आयात २० प्रतिशतले घटेको देखिएको हो ।
भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।
त्यस्तै, आयात पनि २० दशमलव ६८ प्रतिशतले घटेको छ । ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।
भन्सार विभागका अनुसार ६ महिनामा नेपालको व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक वर्षका ६ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार २१.८१ प्रतिशतले घटेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित