पोखरा। नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ।
आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यसैगरी, चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँले घटेको छ।
चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।