झापा । झापामा एक युवक र एक युवती मृत फेला परेका छन्।
आज बिहान कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार एभरेष्ट चिया बगानको रुखमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशीको झुण्डिएको अवस्थामा शव फेला परेको हो।
घटनाबारे अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।