अन्नपूर्ण गाउँपालिकाको स्वमूल्यांकन नतिजा : १०० मा ८४.७५ अंक

अन्नपूर्ण गाउँपालिकाको स्वमूल्यांकन नतिजा : १०० मा ८४.७५ अंक

RadarChart

 पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको कार्यपालिका बैठक मार्फत सो नतिजा सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धी नतिजा अनुसार १०० अंकमा ८४.७५  अंक पाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार स्वमूल्यांकन गर्दा १० वटा विषयक्षेत्रहरुको सय वटा बिभिन्न सूचकहरुमा आधारित रहेर  अंकभार हिसाब गर्दा १०० मा ८४.७५ अंक पाएको  गाउँपालिकाले जनाएको छ ।

मन्त्रालयले स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गराउँदै आएको छ ।स्वमूल्यांकन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनका लागि विभिन्न विषयगत क्षेत्रहरु निर्धारण गरेको छ ।

गाउँपालिकाका सूचना प्रबिधि अधिकृत ई. सूर्य प्रसाद तिमिल्सिनाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको पोर्टलमा सूचकहरुले माग गरे बमोजिम आवश्यक प्रमाण समेत पेश गर्नु पर्ने भएकोले स्वमुल्यांकनले बास्तबिक अवस्था चित्रण गर्न सहयोग पुग्ने छ ।

गाउँपालिकाले गर्ने कार्य सम्पादन र सेवा प्रबाहमा सबै क्षेत्रमा आफ्नो स्थान कहाँ छ भन्ने बास्तबिकता जानकारी हुने र यसबाट आगामी बर्षहरुमा कार्य सम्पादनलाई अझ अब्बल र सेवा प्रबाहलाई प्रभाबकारी बनाउने उद्देश्यले स्वमुल्यांकन गरिएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के.सी. ले जानकारी दिए ।

गाउँपालिकाले १० वटा बिषयगत क्षेत्र मध्ये  शासकीय प्रवन्धमा ९ मा ८.२५ अंक, संगठन तथा प्रशासनमा ८ मा ७.५, वार्षिक बजेट तथा योजना ब्यबस्थापनमा ११ मा ६.७५ , वित्तीय एबम आर्थिक ब्यबस्थापनमा ११ मा ९.५, सार्वजनिक सेवा प्रवाहमा १६ मा १३.७५ , न्यायिक कार्यसम्पादनमा ७ मा ७ अंक , भौतिक पूर्वाधारमा १३ मा १० अंक, सामाजिक समावेशीकरणमा १० मा ९.२५ अंक , वातावरण संरक्षण तथा विपद ब्यबस्थापनमा ९ मा ७.२५ अंक र सहकार्य र समन्वयमा ६ मा ५.५ अंक गरी कुल १०० मा ८४.७५ अंक कायम भएको हो ।

कास्कीमा ४ वटा पालिकाको नतिजा सार्वजनिक

हाल सम्म कास्कीका ४ वटा स्थानीय तहले   आ.ब. २०७८/०७९ को संस्थागत  क्षमता स्वमुल्यांकन नतिजा सार्वजनिक गरेका छन् । जसमा पोखरा महानगरपालिकाको ६९.७५ प्रतिशत कायम भएको छ भने मादी गाउँपालिकाको ८१.२५ प्रतिशत अंक कायम भएको छ ।  त्यस्तै माछापुच्छ्रे गाउँपालिकाको ५४.५ प्रतिशत अंक कायम भएको छ भने रुपा गाउँपालिकाको अंक सार्वजनिक भएको छैन । हाल सम्म प्रकाशित नतिजा अनुसार अन्नपूर्ण गाउँपालिका कास्कीमा सबै भन्दा बढी अंक प्राप्त गर्ने पालिका बनेको छ ।  मन्त्रालयद्वारा तयार पारिएको पोर्टल lisa.mofaga.gov.np मार्फत देशै भरका स्थानीय तहको नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ