बागलुङमा दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बागलुङमा दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

raper1

बागलुङ। दुई किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको ढोरपाटन नगरपालिका -७ बोबाङ निवासी आयुष बिक र जीवन बिकलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो।

घटना अनुसार मंगलबार राति आयुषले आफ्नै घरमा १६ वर्षीया किशोरी र गत माघ ४ गते आयुषकै घरमा जिवनले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनिहरु माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds