आजको मौसम पूर्वानुमान!

आजको मौसम पूर्वानुमान!

badali_mausam_ktm

पोखरा । देशका केही स्थानको मौसम आज शनिबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।

अहिले बिहान देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ