सन्दीप आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने

सन्दीप आजदेखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने

sandip

पोखरा । नाबालिग बलात्कार अभियोगमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा रहने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि पूर्व कप्तानसमेत रहेका लामिछानेलाई समेट्दै टिम घोषणा गरेपछि उनी आजदेखि बन्द प्रशिक्षणमा रहने भएका हुन् ।

क्यानले यसअघिको २८ सदस्यीय टोलीबाट १० जना हटाएर र सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरेको हो ।

२० लाख रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका लामिछानेलाई बिहीबारदेखि नै होटलमा राखिएको छ । आज फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्ने तय भएको छ ।

नेपालले आगामी महिना आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ