पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल प्रतियोगिता हुने

पोखरामा माघ २९ देखि कास्की कप ह्याण्डबल प्रतियोगिता हुने

328433241_493363892977818_6789264654193250988_n

पोखरा । खेलकुदको शहर पोखरामा यही माघ २९ गतेदेखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता यही माघ २९ देखि फागुन २ गतेसम्म पोखरा रंगशालामा हुने भएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ ।

उक्त प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी बिद्यालयका गरी छात्र तर्फ करिब १४ र छात्रा तर्फ १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका हुन्। प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।

“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ